टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपालले लियो दुई विकेट

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले दुई विकेट लिएको छ। पहिलो ओभरको पाँचौँ बलमा नेपालका कमल ऐरीले क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काएका छन्। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा कुशल भुर्तेलले क्याच गरेका छन्। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका छन्। […]

सम्बन्धित सामग्री

टी–ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार

नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो ।

यूएईविरुद्ध नेपाल बलिङमा

काठमाडौँ, १० फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले यूएईविरुद्ध बलिङ गर्ने भएको छ । ओमानस्थित अल अमेरात किक्रेट मैदानमा यूएईले टस जितेर ब्याटिंग रोजेको हो । अष्ट्रेलियामा यसै वर्ष हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले आजको खेल जित्नै पर्नेछ ।

फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो । नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ […]

फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल ११ः४५ बजेबाट सुरुहुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट : नेपालको विजयी शुरूआत, ओमान ३९ रनले पराजित

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो । नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो । नेपालका लागि कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २/२ तथा अभिनास बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरम...

नेपाललाई दोस्रो सफलता, जितेन्द्र मुखियाले लिए विकेट

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो ओभरमा दुई विकेट लिएको हो । नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट कमल सिंह ऐरीले लिएका थिए ।

नेपाललाई पहिलो सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो ओभरमा एक विकेट लिएको हो । नेपालका लागि कमल सिंह ऐरीले एक विकेट लिएका हुन् ।

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेका छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरेको हो । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको […]

नेपाल विश्वकपमा छनोट हुने प्रशिक्षक र कप्तानको विश्वास

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।