टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट : नेपालको विजयी शुरूआत, ओमान ३९ रनले पराजित

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो । नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो । नेपालका लागि कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २/२ तथा अभिनास बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरम...