बन्दाबन्दीको बहानामा नेपालगञ्जमा खाद्यान्न, मासुलगायत अत्यावश्यक वस्तुहरूमा समेत अत्यधिक मूल्य वृद्धि गरिएको छ । सरकारले कालोबजारी र मूल्य वृद्धि नगर्न कडा निर्देशन जारी गरेपनि स्थानीय व्यवसायीले भने मनपरी मूल्य असुल गरिरहेको पाईएको छ ।
सबैभन्दा बढी मूल्यवृद्धि कुखुरा र खसीको मासुमा गरिएको स्थानीयले गुनासो गरेका छन् । एक महिना पहिलेसम्म ३०० रुपियाँ किलोमा पाइने कुखुराको मासुमा अत्यधिक मूल्य वृद्धि गरेर अहिले ४०० देखि ४५० रुपियाँ किलोसम्म बिक्री गरिरहेको नेपालगञ्ज ११ का समद सिद्दिकीले गुनासो गर्नुभयो ।