नेप्सेमा नेशनल माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि आज माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  कम्पनीको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६१४.२९ पैसा कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६६० रुपैयाँ थियो ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।   यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने।(३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक के.ए.एस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुनेछ) ।(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ४१,९०,५३,५५२१५० (रु. एकचालिस करोड नब्बे लाख त्रिपन्न हजार पाँच सय बाउन्न र पैसा पचास) को ०५ प्रतिशतले हने नगद लाभांस रु.२,०९,५२,६७७६३ वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।ख. विशेष प्रस्तावः(१) आ.व. २०७७७८ को मुनाफाबाट १०:४ (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ता वा प्रत्येक शेयरको ४०% को अनुपातमा बोनश शेयर जारी गरी वित्तीय संस्थाको चुक्ता पूँजी रु.५८,६६,७४,९७३।५० (अक्षरुपी अन्ठाउन्न करोड छैसठ्ठी लाख चौहत्तर हजार नौ सय तिहत्तर पैसा पचास) पुयाउने।(२) यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त 'घ' बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार कानुन परामर्शदाता, सम्पति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्यांकनकर्ता, तथा लेखापरीक्षक नियुक्त गर्ने, नीजहरुका पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशन बमोजिम गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने।(३) वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) तथा नियमावलीको दफा ३२(ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने। 

सम्बन्धित सामग्री

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेमा नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनसबापतको शेयर मूल्य समायोजन गरिएको हो । समायोजनपछि यस कम्पनीको शेयर मूल्य एक हजार ३५५ रुपैयाँ ८० पैसा […]

नेशनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको शेयर मूल्य समायोजन

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपालको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ५५७  दशमलव ३९ कायम भएको छ ।  नेप्सेल मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४१ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले नेशनल लघुवित्तको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार १३४ ६ दशमलव ८८ कायम भएको छ ।   नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २२० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर बुधवार दोस्रो बजारमा यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मूल्य समायोजनपछि नेशनल हाइड्रोपावरको शेयर मूल्य कति ?

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन गरिएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि शेयर मूल्य समायोजन गरेपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८२ दशमलव ०७ कायम गरेको छ ।  बिहीवारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२३ दशमलव १० थियो । अब यही समायोजित मूल्य अनुसार नै कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (असार १ गते) बुक क्लोज गरेको हो । यसको आधारमा गत जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृति पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड छ । यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।

नेप्सेले गर्‍यो नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आइतवार समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपश्चात् कम्पनीको शेयर मूल्य रू. १ हजार २४७ दशमलव ८३ कायम भएको छ । नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू. १ हजार ४३५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि  दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को शेयर मूल्य समायोजन भएको छ। कम्पनीको १९ प्रतिसहत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०२० रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २२ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो ।  कम्पनीले फागुन २९ गते आइतबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको छ ।सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:क) साधारण प्रस्ताव :१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. आर्थिक वर्ष २०७६/०७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२/- नगद लाभांश स्विकृत गर्ने।ख) विशेष प्रस्ताव :१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु, रु.३,३९,०८,८९,२०३/- मा १९ (उन्नाईस) प्रतिशतको दरले बोनस शेयरको रुपमा लाभांश रु.६४,४२,६८,९४९/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउनेदशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२. यस सभामा प्रस्तावित वोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूजी सम्बन्धि आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा (८) र नियमावलीको नियम (४) मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी रु.७ अरब र जारी पूँजी रु.६ अरब पुयाउने ।३. कम्पनी ऐन २०६३ को दफा १०५/१)ग वमोजिम आ.व.२०७६/०७७ मा भएको खर्च अनुमोदन गर्ने ।४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।ग) संस्थापक समूह (समुह 'क' वर्ग) वाट ३ जना र सर्व साधारण लगानीकर्ता (समूह 'ख' वर्ग) बाट २ जना संचालकहरुको निर्वाचन गर्ने ।

नेप्सेमा नेशनल हाइड्रोपावरको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८.५२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५०.१४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयरमूल्य प्रति कित्ता ४१५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।