श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नियुक्त गर्‍यो विक्री प्रबन्धक

भदौ १, काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. ४७ करोड ७९ लाख बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ विक्री गर्ने भएको हो । आयोजना प्रभावित स्थानिय, कर्मचारी र सर्वसाधारण सहित ३० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी सदुपयोग गरी कम्पनीले २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।  उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाखको आधारमा ३० प्रतिशत आईपीओ विक्री गर्ने तयारी गरेको हो । आईपीओ विक्रीका लागि भएको सम्झौतामा मंगलवार सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको हाल ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीको भनाइ छ । 

सम्बन्धित सामग्री

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बिक्रि प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।