दाङ जिल्लाका बलबालिकामा कडा खालको कुपोषण अझै उल्लेखनीय रूपमा कायम छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा कुपोषणको सङ्ख्या केही कम भए पनि कडा कुपोषण भने बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेका २२ वटा कुपोषण बहिरङ्ग उपचार केन्द्रबाट सङ्कलन गरिएको तथ्याङ्कले पछिल्लो समयमा कडा कुपोषण बढेको देखिएको हो । यहाँ एक वर्षमा ६०८ जना बालबालिकामा कुपोषण देखिएको छ । जसमध्ये ४७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १३८ जनामा मध्यम कुपोषण भेटिएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ । जिल्लाका ६१ वडामा स्वास्थ्यकर्मी पुगेर ५ बर्षमुनिका बालबालिकालाई चेकजाॅच गर्दा कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
मुग । मुगुमा यस वर्ष मात्रै ९१ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । गत वर्ष २ सय २ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको थियो भने यो चालू आर्थिक वर्षमा ९१ जना बालबालिकामा कडा कुपोषण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा […]
सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहँदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।
जानकी नेपाली टाउकोमा सेतो बाक्लो पट्टी बेरेर अस्पतालको बेडमा पल्टिरहेकी छन् । घरीघरी बर्बराउने उनको शरीरभरि छुरीले काटेका घाउ छन् । धेरैजसो घाउमा खाटा बसिसकेका छन् । कतिपय अझै आलै छन् । उनको जीउ सुकेर कडा कुपोषण लागेका बालबालिकाको जस्तो भएको छ ।
खिजिदेम्बा गाउँपालिकामा १३ जना बालबालिकालाई कडा किसिमको कुपोषण भएको छ । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँ–गाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।
बनियानी : झापाका करिव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ। जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए।
जिल्लाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदश...
डुडवा गाउँपालिका होलिया क्षेत्रमा गरिएको सरकारी सर्वेक्षणले कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ । यहाँका २५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन् । तीमध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यम खाले पाइएको छ ।