दार्चुलाका १६८ बालबालिकालाई कडा कुपोषण

जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ । जिल्लाका ६१ वडामा स्वास्थ्यकर्मी पुगेर ५ बर्षमुनिका बालबालिकालाई चेकजाॅच गर्दा कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित सामग्री

बालबालिकामा कुपोषणको समस्या

दाङ जिल्लाका बलबालिकामा कडा खालको कुपोषण अझै उल्लेखनीय रूपमा कायम छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा कुपोषणको सङ्ख्या केही कम भए पनि कडा कुपोषण भने बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेका २२ वटा कुपोषण बहिरङ्ग उपचार केन्द्रबाट सङ्कलन गरिएको तथ्याङ्कले पछिल्लो समयमा कडा कुपोषण बढेको देखिएको हो । यहाँ एक वर्षमा ६०८ जना बालबालिकामा कुपोषण देखिएको छ । जसमध्ये ४७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १३८ जनामा मध्यम कुपोषण भेटिएको छ ।

मुगुमा कुपोषणको भयावह अवस्था, चालू आर्थिक वर्षमा ९१ जना बालबालिका कुपोषित

मुग । मुगुमा यस वर्ष मात्रै ९१ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । गत वर्ष २ सय २ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको थियो भने यो चालू आर्थिक वर्षमा ९१ जना बालबालिकामा कडा कुपोषण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा […]

मुगुमा ९१ बालबालिकालाई कडा कुपोषण

मुगुमा यस वर्ष मात्रै ९१ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग

सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहँदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।

श्रीमतीलाई निर्घात कुट्दै कान काटे

जानकी नेपाली टाउकोमा सेतो बाक्लो पट्टी बेरेर अस्पतालको बेडमा पल्टिरहेकी छन् । घरीघरी बर्बराउने उनको शरीरभरि छुरीले काटेका घाउ छन् । धेरैजसो घाउमा खाटा बसिसकेका छन् । कतिपय अझै आलै छन् । उनको जीउ सुकेर कडा कुपोषण लागेका बालबालिकाको जस्तो भएको छ ।

बालबालिकामा कडा खालको कुपोषण

खिजिदेम्बा गाउँपालिकामा १३ जना बालबालिकालाई कडा किसिमको कुपोषण भएको छ । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँ–गाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।

झापामा करिव चार सय बालबालिकामा कडा कुपोषण

बनियानी : झापाका करिव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ। जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए। जिल्लाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदश...

होलियामा २५ % बालबालिका कुपोषित

डुडवा गाउँपालिका होलिया क्षेत्रमा गरिएको सरकारी सर्वेक्षणले कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ । यहाँका २५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन् । तीमध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यम खाले पाइएको छ ।