राजनीतिक सहभागिता र समानता लोकतन्त्रका मुख्य आदर्श हुन् । सैद्धान्तिक रूपमा दुवै एकअर्काका अनुरूप भए पनि व्यावहारिक रूपमा असमान सहभागिताले लोकतन्त्रप्रति जनताको मोह भङ्ग हुने खतरा बढेको छ । सरकारमा गएका व्यक्तिको अस्वाभाविक जीवनशैलीले लोकतान्त्रिक मूल्य मान्यता झुटतन्त्र र लुटतन्त्रमा परिणत भएको छ ।