शीत भण्डारणले जोगियो हरियो तरकारी

धरान । पहिलो चरणको कोरोना महामारीमा किसानले धरानस्थित कृषि बजारमा शीतभण्डार नहुँदा करोडौं रुपैयाँ बराबरको तरकारी कुहिएर फाल्नुपर्‍यो । बन्दाबन्दीका कारण बजार बन्द हुँदा कोशी पहाडी जिल्लाबाट ल्याइएका कृषिजन्य उत्पादनको मूल्यसमेत नियन्त्रण गर्न सकिएको थिएन भने बजारमा स्टक राखिएका ५० प्रतिशतभन्दा बढी हरियो तरकारी बिक्री नहुँदा फाल्नु परेको थियो । अहिले भने धरानस्थित कृषि बजारलाई सहज भएको छ । दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सुनसरी जिल्ला प्रशासनले घोषणा गरेको जेठ १ गतेदेखिको निषेधाज्ञामा बजारमा भएका कृषिजन्य उत्पादन शीत भण्डारमा मौज्दात गरिएको छ । यसले गर्दा बजार खुलेको समय तरकारी आपूर्तिमा सहज हुनेछ भने मूल्य नियन्त्रण गर्न पनि सहज हुने देखिएको छ । जेठ ७ गतेदेखि पूर्ण रूपमा बन्द भएको बजार जेठ ८ गते स्थानीयको चाहनाअनुसार छलफल गरेर खुल्न सक्ने सम्भावना रहेको छ । बजार खुले पनि हरियो तरकारीसहित फलफूल आपूर्ति गर्न कुनै समस्या नरहने बजार व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनका अनुसार शीत भण्डारमा अहिले ३० मेट्रिक टन फलफूल स्टक राखिएको छ । त्यसैगरी एक मेट्रिक टन काउली, मूला स्टक छन् । बजारमा आलु डेढ सय मेट्रिक टन, प्याज १ सय, दलहन, लसुनलगायत मागअनुसार खपत हुने गरी १२ मेट्रिक टन स्टक रहेको उनको भनाइ छ । अहिले पनि आपतकालीन अवस्थामा हरियो तरकारी तथा फलफूल आपूर्ति गर्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए । गत मंसिरदेखि सञ्चालनमा आएको शीत भण्डार हालको निषेधाज्ञाको अवस्थामा महत्वपूर्ण रहेको भट्टराई बताउँछन् । उनले भने, ‘निषेधाज्ञा सुरु भएकै दिन पहाडबाट हरियो तरकारी आएको थियो । शीत भण्डार नभएको भए सबै कुहिएर जान्थे । अहिले स्टक राख्न सफल भएकाले कृषिजन्य उत्पादन खेर जान पाएनन् ।’ प्रदेश १ सरकारको ५० लाख र कृषि बजारको २५ लाख गरी ७५ लाख रुपैयाँको लागत साझेदारीमा पाइलट प्रोजेक्टको रूपमा शीत भण्डार सञ्चालनमा आएको हो । शीत भण्डारमा ६ देखि ८ महिनासम्म फलफूल राख्न सकिनेछ । तीन वटा च्याम्बर रहेको शीत भण्डारको प्रत्येक च्याम्बरको २५ मेट्रिक टन क्षमता रहेको भट्टराईले बताए । एउटा च्याम्बर किसानको आरक्षणका लागि सुरक्षित गरिएको छ । एक पटक तापक्रम मिलाएपछि कुन फलफूल, तरकारीलाई कति चिसो चाहिन्छ, सोहीअनुसार स्वचालित रूपमा सञ्चालन हुने शीत भण्डारले कृषक, उपभोक्ता र व्यापारीलाई फाइदा पुगेको भट्टराईको दाबी छ । बन्दका बेला पनि आवश्यक परे बिक्री वितरण गर्न सहज बनाएको उनले बताए । कुनै आपतकालीन अवस्था वा बजार खुलेको दिनमै पनि स्टकमा रहेका तरकारी बिक्रीमा समस्या नहुने उनी बताउँछन् । बजार खुले पनि मूल्य नियन्त्रण गर्न सहज हुने उनको तर्क छ । धरानमै शीत भण्डार नहुँदा पूर्वी पहाड र अन्य क्षेत्रबाट ल्याइएका फलफूल र तरकारी कुहिनबाट जोगाउन विराटनगरको शीत भण्डार पुर्‍याउनुपर्ने बाध्यता थियो । धरानमै शीतभण्डार भएपछि ढुवानी खर्च मात्र होइन, शुल्कमा पनि राहत मिलेको छ । मूल्य उच्च भएका बेला शीत भण्डारबाट निकालेर बेच्न सकिनेछ । बन्द–हडताल भएका बेला वा बिक्री नभएका बेला सिजनअनुसारका फलफूल, तरकारीलाई शीत भण्डारमा राखेर केही सातापछि बिक्री गर्न सकिने वातावरण बल्ल बनेको व्यापारीहरू बताउँछन् ।

सम्बन्धित सामग्री

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

राँझा (बाँके) । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताए। उहाँका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफुल पनि भण्डारण गर्ने गरिएको छ । 'भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँ, भक्तपुर, नारायणघाट, हेटौँडासम्म लैजानुपर्ने बाध्यता थियो', अध्यक्ष भट्टराईले भने, 'बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो । अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।' शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेहेन्द्र धितालले बताए। 'शीत भण्डारले आलुको बीउ जोगाइदिएर किसानलाई बरदान सावित भएको छ', उनले भने, 'यसअघि बीउ जोगाउन काठमाडौं, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।' यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताए। 'विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ', उनले भने, 'पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।' भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठूलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गरे। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया शुरू गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम शुरू गरेको उनले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार सहकारीमा ३ हजार ७१४ शेयर सदस्य रहेका छन् । कूल शेयर पुँजी  ९७ लाख ४९ हजार ५ सय रुपैयाँ रहेको उनले जानकारी दिए । हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो । 'अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ', अध्यक्ष भट्टराईले भने, 'गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।' जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो । आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उनको भनाइ थियो । रासस

बनेका शीत भण्डारलाई बेवास्ता, नयाँ बनाउने लहर

स्याङ्जा, तनहुँ र गोरखाका रसिला सुन्तला, जुम्ला, मनाङ र मुस्ताङका स्याउ जेठ असारमा, मधेश प्रदेशका जिल्लाका आँप जाडो याममा बजारमा पाउन सम्भव भए के होला ? मौसमी तरकारी र फलफूलहरू फलेका बेला भाउ नपाएर बिग्रिने र फालिने हुनबाट जोगाउन शीत भण्डार (कोल्ड स्टोर) चाहिन्छ ।

इलाममा शितभण्डार सञ्चालनमा आएन

इलाम । इलाममा करोडौँ रुपैया खर्च गरेर निर्माण गरिएको शीत भण्डार प्रयोगमा आउन सकेको छैन् । शितभण्डार सञ्चालनमा नआउँदा किसान र व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी […]

शीत भण्डार सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा

मङ्गलबारे- इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्ने बित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी […]

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।  इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने ह

शीत भण्डार गृह निर्माण सम्पन्न

रसुवा । रसुवाको कालिका गाउँपालिका– २ मा शीत भण्डार गृह निर्माणको काम सम्पन्न भएको छ । तीन सय मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारी भण्डारण गर्न सहज हुने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिनुभयो । बागमती प्रदेश भूमि व्यवस्था, कृषि […]

तरकारीको पकेट क्षेत्रमा शीत भण्डार निर्माण

तरकारी उत्पादनको पकेट क्षेत्र मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार निर्माण तीव्र गतिमा अघि बढेको

शीत भण्डार निर्माण गरिँदै

किसानले उत्पादन गरेको तरकारी तथा बिउ लामो समयसम्म भण्डारण सुविधाको लागि बागमती प्रदेश सरकारले प्रदेशको १० जिल्लाका १२ स्थानमा शीतभण्डार निर्माण गरिरहेको छ । वहुवर्षीय कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु भएको शीत भण्डार निर्माणको काम आगामी वर्षभित्र सम्पन्न गर्ने प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले स्थानीय सरकार तथा निजी क्षेत्रसँगको सहलगानीमा शीत भण्डार निर्माण गरिरहेको हो । १२ वटा शीत भण्डार निर्माण गर्न ७८ करोड रुपैयाँ लगानी निर्धारण गरिएको छ । जसमध्ये ५८ करोड रुपैयाँ मन्त्रालयले र २० करोड रुपैयाँ स्थानीय सरकार तथा निजी क्षेत्रले बेहोर्ने गरी सम्झौता भएको छ ।

प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै

हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने ...