गोरखाको स्तुल खोलामा बेलीब्रिज - NepaliPatra

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण […]

सम्बन्धित सामग्री

समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज

म्याग्दी, २६ जेठ । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँट जोड्ने बेलीब्रिज निर्माणकार्य लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो । पैतालीस मिटर लामो बेलीब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला […]

अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती

संखुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् । गत वर्ष फागुन २९ गते मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको थियो । अरुण नदीमा बेलीब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङदी शेर्पाले जानकारी दिए । निर्माण सामग्री बाकेको […]

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकसी : बेलीब्रिज स्थानान्तरणमा समस्या

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र

बेलीब्रिज सञ्चालनमा आएपछि स्थानीय खुशी

वासुदेव शर्मा, जाजरकोट । वर्षायामको समयमा यातायात सञ्चालन गर्न कठिन भेरी करिडोरमा पर्ने जाजरकोट डोल्पा सडक खण्डमा बेलीब्रिज सञ्चालनमा आएको छ । नलगाड नगरपालिका ५ को झुम्रेखोला, नलसिंहगाडमा बेलीब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा सहज भएको हो । ४ सय १७ मेगावाट क्षमताको नलगाड हाइड्रोपावर निर्माण हुने नलगाड खोलामा पुल निर्माणका लागि स्थानीय सरकार, सरोकारवालाले सम्बन्धित […]

रघुगंगामा दुई ‘बेलीब्रिज’

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईओटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा ८३ दशमलव ५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना एकसाथ निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जिनीयर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए । ३५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने सडकअन्तर्गत बगरखोलामा बनेको पुलले चिमखोला र कुइनेमंगलेका दुईओटा वडालाई सीधा सडक यातायात सञ्जालसँग जोडेको छ । कुइनेमंगलेका वडाध्यक्ष गमान छन्त्यालले बगरखोलामा बेलीब्रिज बनेपछि बाहै्र महीना गाडी चल्न थालेका बताए । दग्नामको अजिंगर भीरबाट बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले घ्याँसीखर्कमा अर्को बेलीब्रिज बनाउने तयारी गरेको बताएको छ । राहुघाट नदीमा निर्माण भएको बेलीब्रिजले ४८ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्ग सडक सञ्जालमा जोडेको छ । विद्युत्गृह र निर्माणस्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण थालिएको छ । बन्दीमा बाँध निर्माणाधीन रहेको राहुघाट–मंगले जलविद्युत् आयोजनाको दुईओटा अडिटबाट ४०० मिटर सुरुङ निर्माण सकिएको छ । चिमखोलाको मलाङमा विद्युत्गृह रहने मंगले राहुघाटको सुरुङ ५ किलोमिटर छ । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले गत मङ्सिरदेखि सुरुङ खन्न थालिएको आयोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । कुल लागत ५ अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले–राहुघाटको आउटलेटबाट १५० मिटर तल पानी विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । मलाङमा विद्युत्गृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । रासस

रघुगंगामा दुई ‘बेलीब्रिज’

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईओटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा ८३ दशमलव ५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना एकसाथ निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जिनीयर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए । ३५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने सडकअन्तर्गत बगरखोलामा बनेको पुलले चिमखोला र कुइनेमंगलेका दुईओटा वडालाई सीधा सडक यातायात सञ्जालसँग जोडेको छ । कुइनेमंगलेका वडाध्यक्ष गमान छन्त्यालले बगरखोलामा बेलीब्रिज बनेपछि बाहै्र महीना गाडी चल्न थालेका बताए । दग्नामको अजिंगर भीरबाट बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले घ्याँसीखर्कमा अर्को बेलीब्रिज बनाउने तयारी गरेको बताएको छ । राहुघाट नदीमा निर्माण भएको बेलीब्रिजले ४८ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्ग सडक सञ्जालमा जोडेको छ । विद्युत्गृह र निर्माणस्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण थालिएको छ । रासस

म्याग्दीको रघुगङ्गामा राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा  ‘बेलीब्रिज’

म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए ।पैतीस मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवक्र्स’सम्म जान दुई वटा बेलीब्रिज निर्माण गरिने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको‘हेडवक्र्स’सम्म जान तत्काल दुईवटा बेलीब्रिज निर्माण गरिने भएको छ। गृहमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसँग सम्बन्धित बैठकमा उक्त जानकारी गराइएको हो। केहीदिनअघि आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म जाने पहुँचमार्ग र पुलहरु भत्काएपछि दुईवटा बेलीब्रिज राखी पहुँचमार्ग पुननिर्माण गरिने बताइएको छ। हेडवक्र्समा भएको क्षतिको मर्मतसम्भार गर्ने कार्यहरु सम्बन्धित निकायले सुरु गरिएको जानकारी बैठकमा दिइएको थियो।

तस्वीर : स्याफ्रुबेसीँस्थित भोटेकोशी खोलामा निर्माण भएको बेलीब्रिज

निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाले करीब रू पाँच करोडको लागतमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसीँस्थित भोटेकोशी खोलामाथि निर्माण गरेको बेलीब्रिज । यस पक्की पुलले जलविद्युत् आयोजनाको सामान ढुवानी गर्न, ठूलोस्याफ्रुका बासिन्दा र पर्यटकलाई लाङटाङ आवतजावत गर्न सजिलो भएको छ । तस्वीर : रासस