रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित स्यार्पूमा हेलिप्याड निर्माण गरिएको छ । रुकुम पश्चिमस्थित नेपाली सेनाको नरसिंह दल गण र बाँफिकोट गाउँपालिकाको साझेदारीमा हेलिप्याड निर्माण गरिएको हो ।
प्युठानको गौमुखी गाउँपालिका-५ साली बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेना श्री बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमकाबिच गर्णले गौमुखी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो ।
हुम्लाको नाम्खा क्षेत्रमा नेपाली सेनाले हेलिप्याड निर्माण कार्य थालेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा नेपाली सेनाले हेलिप्याड निर्माणको काम सुरु गरेको हो । नेपाली सेनाले जिल्ला सदरमुकामभन्दा बाहिर निर्माण गरेको यो दोस्रो हेलिप्याड हो । यसअघि २०७६ मा हिल्सामा पहिलो हेलिप्याड निर्माण गरिएको थियो ।