जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ । तर डा. भट्टराईले चुनाव नगराउने दाबी गरे ।
विकसित राजनीतिक अवस्थामा संसद विघटनको विरोधमा रहेका राजनीतिक दलबीच बुधवार काठमाडौंमा गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस्, केपी शर्मा ओलीले ...