गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित कास्कीमा थपिएका छन् ।
प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा कास्कीमा २२७ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ संक्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लमजुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् ।
यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका...