धितोपत्र बोर्डले आकष्मिक पत्रकार सम्मेलन गर्दै

नेपाल धितोपत्र बोर्डले आकष्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । बोर्डले आज साँझ ५ बजे बोर्डको खुमलटार स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।बोर्ड अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको मागका सम्बन्धमा हालसम्म भएका काम हरु, र बाँकि कामहरुको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । हिजो मात्र अमेरिकाबाट फर्केका अध्यक्ष हमालले फर्किए लगत्तै खुमलटार स्थित कार्यालयमा पुगेर अनसनरत लगानीकर्ता तिलक कोइरालालाई भेटेका थिए । उनले कोइरालाले राखेका मागहरु कतिपय सम्बोधन भइसकेको र कतिपय सम्बोधन हुने चरणमा रहेकाले अनसन तोड्न आग्रह गरेका थिए । अध्यक्ष हमालले आज बिहानै देखि मागका सम्बन्धमा अर्थमन्त्रालयमा छलफल समेत गरेका थिए । दिनभरको छलफलपछि  मागका सम्बन्धमा अहिलेसम्म भएका कामहरु, र बाँकि कामहरुको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको बताईएको छ।  लगानीकर्ता तिलक कोइराला असार १ गतेदेखि बोर्डको कार्यालय अगाडी आमरण अनसन बसेका हुन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि आज उनलाई पाटन अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ । यस्ता छन् कोइरालाका माग : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

सम्बन्धित सामग्री

पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको छ । कांग्रेसले आज (मंगलबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने छ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्नुहुने भएको छ । पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो । पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम […]

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

काठमाडाैँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ। आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ। आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।

प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दै छन्।पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे हुने पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए। माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ । पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ। आइतबारको प्रतिनिधिसभाको बैठकबाट व्याख्त्यामक घोषणासहित एमसीसी पारित भएको थियो । एमसीसीका सन्दर्भमा माओवादीको […]

ओलीले आज पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको जानकारी दिए । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा राखिएको उनको भनाइ छ ।

एमालेले शुक्रबार पत्रकार सम्मेलन गर्दै

नेकपा (एमाले) ले शुक्रबार पत्रकार सम्मेलन बोलाएको छ। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे महासचिव शंखर पाेखरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ...

माधव नेपालले पत्रकार सम्मेलन गर्दै

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन्। क्वालिटी बैंक्वेट बुद्धनगरमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले साढे १२ बजे सम्पादकहरुसँग पत्रकार सम्मेलन गर्न लागेको बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।