नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । आज प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भएको भेटवार्तामा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तीको व्यवस्था गरी नगरपालिकाको अभियानलाई सघाउन आग्रह गरेका हुन् ।उनले सडकमा जथाभावी लत्रिएका र अव्यवस्थित तारहरुले दुर्घटना निम्त्याइरहेको भन