काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल १११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना सङ्क्रमित भएका छन् । यस्तै छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाक