काठमाण्डाै - आज दिउँसाे सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
राति भने वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परेको छैन ।
तर, दिउँसाे पछि पानी पर्न सक्ने उहाँले बताउनुभयो । केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ । तर, लगातार झरी नपरे पनि पानी पर्ने...