नेपालले विकास साझेदारहरूलाई सहयोग वृद्धि गर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकट सामना गरिरहेका अतिकम विकसित देश (एलडीसी) को अर्थतन्त्रलाई सहयोग बढाउन विकास साझेदारसमक्ष आग्रह गरेका हुन् । नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले अतिकम विकसित राष्ट्रको सम्मेलनलाई शनिबार सम्बोधन गरेका छन् ।