अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो संसद बहिस्कार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बहिस्कार गरेको छ। आज जारी प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन्। एमालेले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई समावेश गरी अनाधिकृत रुपमा करका दररेट घटबढ गरेको आरोप लगाउँदै आएको छ। एमालेको सो आरोप अर्थमन्त्री जनार्दन शर्माले…

सम्बन्धित सामग्री

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका […]

अर्थमन्त्रीको राजीनामा र संसदीय समिति गठन सँगसँगै हुनुपर्ने एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको छ।...

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले संसद् चल्न दिएन

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन । अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको हो ।  अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई अर्थ मन्त्रालयमा प्रवेश दिएको भन्दै एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको हो ।

एमालेद्धारा संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं।एमालेले संसदमा अर्थमन्त्रीको राजीनामा माग गरेको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।च्यासलमा एमाले अनुशासन आयोगको बैठक जारी रहेको छ।बर्दिबासको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति हुन पुगेको छ र विश्वकप लिग २ मा आज नेपाल र ओमान भिड्दै छन्।

योगेश भट्टराईले मागे संसदबाटै अर्थमन्त्रीको राजीनामा

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्। उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराति अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य बिमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनेटरी प्याडको करलगायतको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे। ‘नेपालको संसदीय इतिहास

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग गरेका हुन् । विश्वप्रकाशले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै […] The post कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ  । तर सुधारको प्रयास भएको छैन ।’अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर