अब कोरोना खोपको अभावमा तड्पिन पर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि भारतबाट १० लाख डोज कोरोना खोप ल्याउन लागेको बताएका छन् ।विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै कोरोना भाइरस विरुद्धको खोप जनतालाई दिने अभियान तीव्र पारिएको बताए ।‘भारतबाट भोलि १० लाख डोज कोरोना खोप ल्याउँदैछौं, केही दिनपछि चीनबाट ल्याउँदैछौं, केही दिनपछि फेरि भारतबाट ल्याउँदै...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने कुरा दोहोऱ्याएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने बताएका हुन् ।