पुससम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन्। नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिएका हुन्। “सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइन्छ। कोरोनाका कारण अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्नुपर्दैन। प्रत्यक्ष भेटेरै गर्न सकिन्छ”, प्रधानमन्त्रीले भने।