लालबहादुर विश्वकर्माको न्यायका लागि इटहरी उपमहानगर कार्यालयअगाडि प्रदर्शन गरिएको छ । सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो सजाय पाएका इटहरी–१९ तरहराका लालबहादुर निर्दोष रहेको भन्दै रिहाइको माग गरिएको हो ।
काठमाडौं, १४ कात्तिक। द्वन्द्व पीडितहरूले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल आरम्भ गर्न सरकार र राजनीतिक दलहरूसँग माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले सर्वोच्च अदालतको आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम सङ्क्रमणकालीन न्याय ऐन तत्काल संशोधन गर्न सरोकारवालाको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।
काठमाडौँ – घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। आरतीलाई न्याय माग्दै मंगलबार माइतीघरमा धर्नासहित प्रदर्शन गरिएको हो। धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर तनाव सिर्जना भएको थियो। दाइजोको नाममा आरतीको हत्या भएको […]
काठमाडौं : बृहत् द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा प्रदर्शन गरेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै प्रदर्शन गरिएको हो।
विधेयकको विरोधमा र्यालीसहित प्रदर्शन…
आठ वर्षअघि बलात्कृत भएकी पीडित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उदयपुरमा प्रदर्शन भएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनुपर्ने माग गर्दै सदरमुकाम गाईघाटमा आइतबार विरोध प्रदर्शन भएको हो।...
विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । मृतक महिला प्रहरीलाई न्याय र यौंन हिंसामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मृतक महिला प्रहरीको फोटोसहित प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । महेन्द्र मोरङ […]
The post लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ – वकिल तथा न्यायाधीशहरुको आन्दोलनका कारण न्याय सेवा अवरुद्ध भएको भन्दै केही दिनयता प्रदर्शन गर्दै आएकाहरुको समूहका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वोच्च अदालत अगाडि प्रदर्शनका लागि जम्मा भएकाहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै २० जनालाई प्रहरीले पक्रेर लगेको छ। उनीहरुले विगत केही दिनदेखि वकिल र न्यायाधीशहरुको स्वार्थका कारण आफूहरुको न्यायको अधिकार कुण्ठित […]
काठमाडौं : बैतडीमा मृत अवस्थामा फेला परेकी भागरथी भट्टलाई न्याय दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो।
बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका…