काभाबिच भलिबलमा नेपाली पुरुष टिमले जित्यो रजत पदक

१५ पुस, काठमाडौं । बंगलादेशमा आयोजित सेन्ट्रल एसियन जोन बिच भलिबल प्रतियोगितामा नेपालले रजत पदक जितेको छ । कक्सबजारस्थित डल्फिन कोर्टमा शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि जित्न चुकेको हो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिमले माल्दिभ्सका एडम नासिम र स्मेल सम्मिलित टिमसँग २१–१३ र २१–१९ ले पराजित […]

सम्बन्धित सामग्री

मलेसियामा प्रबल र छिरिङको रजत पदक पक्का

२८ मंसिर, काठमाडौं । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन् । प्रबल र छिरिङ फाइनल पुगेपछि नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ । पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश […]

रजत पदक जितेका अभयलाई स्वागत एवं सम्मानको ओइरो

गत भदौ ५ गते काठमाण्डौमा सम्पन्न दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मानको ओइरो लागेको छ ।...

एसियन क्रस कन्ट्री – नेपालले जुनियर पुरुष टिममा कास्य जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा कास्य पदक जितेको छ । भारतले स्वर्ण र इरानले रजत पदक जितेको त्यो इभेन्ट्मा नेपालले कास्य पदक जितेको हो । शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेको […]

अमेरिकामा लक्ष्मणलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । शुक्रबार भएको प्रतियोगिताको पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंकका साथ लक्ष्मण दोस्रो भएका हुन् । आठ देशका ३ सय जनाभन्दा बढी रहेको उक्त प्रतिस्पर्धामा अमेरिकन रोन सुथविक ७.१ अंक जोड्दै […]

टोकियो ओलम्पिकः ट्रायथलनको मिक्स रिलेमा बेलायतले जित्यो स्वर्ण

एजेन्सी। बेलायतले ट्रायथलनको मिक्स रिलेमा निर्धारित दुरी १ घण्टा २३.४१ मिनेमा पार गर्दै स्वर्ण पदक जितेको हो। ओलम्पिक ट्रायथलनमा बेलायतको यो तेस्रो स्वर्ण पदक हो। बेलयातले टोकियो पनि पुरुष र महिला एकलमा रजत पदक जितेको थियो। अमेरिकाले १ घण्टा २३.५५ मिनेटमा दुरी पार गर्दै रजत पदक जित्यो। फ्रान्सले १ घण्टा २४.०४ मिनेटमा दुरी पार गर्दै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः पौडीको पुरुष ८०० मिनेट फ्रिस्टाइलमा अमेरिकालाई स्वर्ण

एजेन्सी। अमेरिकाका रोबर्ट फिन्केले टोकियो ओलम्पिकमा पौडीको पुरुष ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। फिन्केले ७ मिनेट ४१.८७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। इटालीका ग्रेगोरियो पाल्ट्रिनिरीले ७ मिनेट ४२.११ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। युक्रेनका मेखाइलो रोमाचुकले ७ मिनेट ४२.३३ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः आयोजक जापानलाई अर्को स्वर्ण

एजेन्सी। जापानका युतो होरिगोमले टोकियो ओलम्पिकको स्केटबोर्डिङको पुरुष स्ट्रिट स्पर्धामा स्वर्ण पदक जितेका छन्। स्केटबोर्डिङ ओलम्पिकमा पहिलोपटक समावेश गरिएको हो। त्यसैले होरिगोम ओलम्पिकमा स्वर्ण जित्ने पहिलो स्केटबोर्डिङ खेलाडी बने। उनले ३७.१८ अंक जोडे। ३६.१५ अंक जोड्ने ब्राजिलका होइफलर केल्भिन रजत पदक जिते। अमेरिकाका इटोन जगरले ३५.३५ अंक जोड्दै काश्य पदक जिते। जापाने तीन स्वर्ण र एक रजत पदक जितिसकेको छ।

टोकियो ओलम्पिकः इरानलाई सुटिङमा स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा इरानका जाभेद फोरोघीले स्वर्ण पदक जितेका छन्। फोरोघीले पुरुष १० मिटर एयर पिस्तोल स्पर्धामा ओलम्पिक कीर्तिमान २४४.८ अंक जोड्दै स्वर्ण पदक जितेका हुन्। सर्वियाका दमिर मिकेकले रजत पदक जिते। उनले २३७.९ अंक जोडे। चीनका पाङ वेईले २१७.६अंक जोड्दै काश्य पदक जिते। अहिलेसम्म चीनले दुई र इरानले एक स्वर्ण पदक जितेका छन्। भारतले एक रजत पदक जितेको छ।

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काभाबीच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् ।