टोकियो ओलम्पिकः पौडीको पुरुष ८०० मिनेट फ्रिस्टाइलमा अमेरिकालाई स्वर्ण

एजेन्सी। अमेरिकाका रोबर्ट फिन्केले टोकियो ओलम्पिकमा पौडीको पुरुष ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। फिन्केले ७ मिनेट ४१.८७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। इटालीका ग्रेगोरियो पाल्ट्रिनिरीले ७ मिनेट ४२.११ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। युक्रेनका मेखाइलो रोमाचुकले ७ मिनेट ४२.३३ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।