नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग

सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले  नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुंग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक यात्रा विकासको निम्ति हुनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समयमा बढदै गएको महँगीको अन्त्य ग

सम्बन्धित सामग्री

नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्छः झलनाथ खनाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्न रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताए। उनले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताए। नागरिकतासम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको उल्लेख […]

नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग

काठमाडौँ,२ साउन । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग््याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ ।” सबै राजनीतिक […]

नागरिकतासम्बन्धी विधेयक तत्काल पारित गर्नुपर्नेमा सांसदकाे जोड

काठमाडौँ– हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले नागरिकतासम्बन्धी विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँहरूले नागरिकता नपाएका युवाको समस्यालाई गम्भीरताका […]

नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : मन्त्रिपरिषद्ले नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ। शुक्रवार प्रतिनिधि सभाबाट फिर्ता भएको उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय मन्त्रिपरिषदले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। विधेयकमा गैरआवासीय नेपाली(एनआरएन)ले पनि नागरिकता पाउने प्रावधान राखिएको छ। एकपटकको नागरिक सधैंको नागरिक भन्दै एनआरएनले लामो…

नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : कानुनमन्त्री कोइराला

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् ।  ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ०७५ सालदेखिका ५३ वटा विधेयक अगाडि बढ्न बाँकी रहेको बताए ।  यस्तै ८ अध्यादेशहरू हाल प्रतिस्थापन विधेयकको रूपमा अघि बढेको बताए । मन्त्री कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील ब

नागरिकतासम्बन्धी विधेयक नेपालको हितमा छैन : चित्रबहादुर केसी

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन्। सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे। रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसाङ्ख्यिक आक्रमण भएसरह हुने दाबी गरे। केसीले नागरिकले नागरिकता पाउने विषयमा […]

चाँडोभन्दा चाँडो सरकारले सदनबाट नागरिकतासम्बन्धी विधेयक ल्याओस्: जितेन्द्र देव

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन्। नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानुनको मस्यौदा तयार नगर्न पनि उनले राज्य व्यवस्था तथा सुशासन समितिलाई […]

सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्ने प्रचण्डको भनाई

जनकपुरधाम,२४ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताए […]

सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।  अध्यक्ष प्रचण्डले अब कुनै पनि हालतमा नागरिकताको