कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ०७५ सालदेखिका ५३ वटा विधेयक अगाडि बढ्न बाँकी रहेको बताए । यस्तै ८ अध्यादेशहरू हाल प्रतिस्थापन विधेयकको रूपमा अघि बढेको बताए । मन्त्री कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील ब