सन् १९८९ मा भारत सरकारले वीर अस्पतालको भित्तामा चित्र कोर्ने जिम्मा दियो, कलाकारद्वय नरिनाथ र सावरकरलाई। उनीहरूलाई आदेश थियो, परैबाट देखिने चित्र कोर्ने। वीर अस्पतालमा म्युरल (भित्तामा कोरिने चित्र) आर्ट गर्ने अवसर पाएका उनीहरूले कस्तो चित्र बनाउने भनेर छलफल गरे। केही दिनको छलफल र मननपछि उनीहरूले सञ्जीवनी बुटी बोकेका हनुमानको चित्र कोर्ने निधो गरे।