जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवा तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक बर्षको बैशाख मसान्त सम्ममा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले यस आर्थिक बर्षको १० महिनाको अवधिमा ३ करोड २८ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ४६ हजार ९ सय वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको सुचना अधिकारी शिवकुमार शर्माले रातोपाटीलाई बताए । कार्यालयले चैत्र महिनामा सबैभन्दा धेरै ४८ लाख ९६ हजार ५ सय रुपैयाँ र साउ