अस्ट्रेलियाको एक अदालतले आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेकी थिइन् । महिलाले इर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए ।‘मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट परेको छ । उनका नजिकका व्यक्तिमा परेको शोकलाई केहीले पनि कम गर्न सक्दैन,’ अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश नटाली एडम्सले शुक्रबार सजाय