राजविराजमा २५ बेडको सुुविधासम्पन्न कोभिड–१९ अस्पताल सञ्चालन

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारबाट अत्याधुनिक सुविधासहितको २५ शैय्या (बेड)को कोभिड–१९ अस्पताल सञ्चालन भएको छ । कोरोना भाइरस संक्रमितको उपचारको लागि अस्पतालको परिसर भित्रै एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) कक्षको निर्माण गरी सो अस्पताल सञ्चालनमा ल्याएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । कोभिड–१९ अस्पतालको एचडीयुलाई तीन कक्षमा वर्गिकरण गरी उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । कोभिड अस्पतालमा जटिल प्रकृतिका कोरोना संक्रमित विरामीको उपचार गर्न सकिने जनशक्ति तथा स्वास्थ्य उपकरण रहेको निमित मेसु डा. झाले कोरोनाका सामान्य संक्रमित विरामीको प्रारम्भिक उपचारको लागि प्रिआइसोलेशन कक्षको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।

सम्बन्धित सामग्री

निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन

काठमाडौँ महानगरपालिकाको सहयोगमा छेत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ ।दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७...

गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीय खुसी

सोलुखुम्बु : गाउँमै कोभिड–१९ अस्पताल सञ्चालनमा आएपछि थुलुङदुधकोशी गाउँपालिकाका सर्वसाधरण हर्षित भएका छन्। गाउँपालिकाको केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको हो।कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन्। ४५ वर्षीया खत्रीलाई समेत स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार सोही अस्पतालमा भर्ना गरिएको थियो।नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिनाले उपचारका लाग

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

तीन महिनामै बिग्रिए भेन्टिलेट, अनियमितताको आशंका

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पताल सञ्चालन भएको तीन महिना नबित्दै अधिकांश भेन्टिलेटर बिग्रिएका छन्।

वीपीको कोभिड अस्पतालको भेन्टिलेटर ३ महिनामै बिग्रियो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पताल सञ्चालन भएको ३ महिना पनि नबित्दै अधिकांश भेन्टिलेटरहरु बिग्रिएको छ।