विश्वरको सातौं (८१६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्छ । दिगो योजनासहित पर्यटन पूर्वाधार नबन्दा धौलागिरि हिमालको फाइदा म्याग्दीबासीले लिन सकेका छैनन् । धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रवर्द्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले पालिकाले धौलागिरि चक्रीय पूर्वाधार बनाउन […]