धनगढी – नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो । टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ […]