‘आगामी चैतभित्र सबै नागरिकलाई खोप’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्यअनुसार नै आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने दाबी गरेका छन् ।नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवनरक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु¥याउने अभियानलाई प्रभावकारी ढंगले अगाढि बढाइरहेको दाबीसमेत गरे । मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेसनल कमिसन […]

सम्बन्धित सामग्री

सबै नागरिकलाई चैतभित्र खोप लगाइन्छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउनु भएको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ

असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई खोप लगाइने

काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । आज सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।

चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ - स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराउनुभएको हो ।प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिनुभएको छ ।कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उ...