काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ ।
आज सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।