काठमाण्डाै – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराउनुभएको हो ।प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिनुभएको छ ।कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उ...