अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आगमन बढेसँगै अन्नपूर्ण गाउँपालिका–६ घारस्थित हिमालय चीज उद्योग सञ्चालनमा आएको छ । कोरोना कहरका कारण उद्योग ३ वर्षदेखि बन्द थियो । उद्योग सञ्चालनमा आएसँगै यस क्षेत्रका गोपालहरू उत्साही भएका छन् । स्थानीय गाईको दूधबाट उत्पादित चीज सेवन गर्ने पर्यटक बढेपछि दूध बिक्री हुने भएकाले उनीहरू खुसी भएका हुन् ।