बर्दिया : बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ।आज एक कार्यक्रमको अवसरमा बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको हो। योसँगै पूर्ण खोप घोषणा हुने जिल्लामा बर्दिया नेपालमा ६१ औँ र लुम्बिनी प्रदेशमा ११ औँ जिल्लाभित्र परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले बताए।बर्दियाका ८ वटै स्थानीय तहका १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोपजिल्ला घोषणा गरिएको स्वास्थ्य