रुकुम (पूर्व) : रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्। आगामी दिनमा बालबालिकाका संरक्षणमा बढी जोड दिनुपर्नेमा सभामुख घर्त