रुकुम (पूर्व) लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बुधबार सिस्ने गाउँपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई पूर्ण खोप जिल्ला घोषणा गरेका हुन् ।सभामुख घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी आजदेखि जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका एक हजार ३०० बालबालिका र १६ देखि २३ महिना