सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति : उपराष्ट्रपति

काठमाडौं। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । उक्त अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको बताएका छन् । नेपालको सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उनले उक्त संस्थाको प्रशंसा गरे । ‘हाम्रो भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ, पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल पनि भएका छन्,’ उनले भने, ‘नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजीक्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले निर्वाह गरेको भूमिका अतुलनीय छ ।’ रजत जयन्तीका अवसरमा फाउन्डेशनमा २ दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति यादवले सम्मान गरेका थिए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले फाउन्डेशनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरिन् । फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यावहारिक कार्यान्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवालाई विदेशिनबाट रोक्ने संस्थाको उद्देश्य रहेको उनको भनाइ थियो । २५ वर्ष अगाडि सूचना प्रविधि लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दीर्घकालीन सोच बनाएको उनको भनाइ छ । आईटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउन्डेशनबाट अहिलेसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेको बताइएको छ । फाउन्डेशनले हालसम्म १० हजार महिलालाई नि:शुल्क कम्प्युटर तालीम र सातै प्रदेशमा एक–एक जना किशोरीलाई प्रत्येक वर्ष नि:शुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको बताइएको छ ।

सम्बन्धित सामग्री

नेताको विकास देशको विकास होइन - Nepal Japan

पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपालमा राजनीतिक दल र नेताको जीवनशैलीमा भएको विकासलाई देशको प्रगति

यस्ता छन् प्रधानमन्त्रीले सचिवहरूलाई दिएको ३० बुँदे निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरूलाई  जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन्। आज सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिएका हुन्।यसअघि हिजो सबै मन्त्रालय तथा आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय एव विभिन्न संवैधानिक आयोग र निकायका सचिवहरूले प्रगति विवरण, समस्या तथा चुनौती प्रस्तुत

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरूलाई ३० बुँदे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरूलाई  जनसरोकार र सार्वजनिक सेवालाई चुस्त बनाउने विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । आज मङ्गलवार सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिनुभएको हो । यसअघि हिजो साेमवार सबै मन्त्रालय तथा आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय एवम् विभिन्न संवैधानिक आयोग र निकायका सचिवहरूले प्रगति विवरण, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए । सचिवहरूबाट कार्यप्...

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति पुन

पोखरा- उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । 'वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरू अझ...

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति पुन

पोखरा- उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । 'वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरू...

‘खेलकुदमा लगानी वृद्धि गर्ने संकल्प गरौं’

उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरेका छन् । नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रमा राज्यले लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकासः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए ।

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताएका छन्। ‘वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा […]