काेरोना बढेपछि दक्षिणकाली मन्दिर प्रवेशमा राेक

काठमाडौं। कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि दक्षिणकाली मन्दिर प्रवेशमा रोक लगाइएको छ। भक्तजनलाई टाढैबाट मन्दिरको दर्शन गराउने गरिएको छ। दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतकाअनुसार नगरपालिका क्षेत्रमा ५ जना सक्रिया कोरोना संक्रमित रहेका छन्। स्वास्थ्यकर्मीले दिनमा एक पटक संक्रमितलाई फोन गरी अवस्था बुझ्ने गरेको उनले बताए। दक्षिणकाली चल्ने सार्वजनिक यातयातमा पनि सुरक्षा मापदण्ड अपनाइएको छ।

सम्बन्धित सामग्री

दक्षिणकालीमा एक जोडी मृत फेला

काठमाडौँ – दक्षिणकाली मन्दिर नजिकको जंगल क्षेत्रमा एक जोडि मृत फेला परेका छन्। अन्दाजी २२,२३ वर्षको देखिने युवा युवति मृत फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। जोडिको नजिकै विषको बट्टा भेटिएको प्रहरीले जनाएको छ। आज बिहान साढे ११ बजेतीर स्थानीयले शव भेटिएको खबर गरेपछि प्रहरी घटनास्थल तर्फ गएको थियो। मृतकको पहिचानबारे अहिलेसम्म केही […]

भोटेबहालमा आगलागी

काठमाडौँ । काठमाडौँको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेउ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौंको भोटेबहालमा आगलागी

९ जेठ, काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार विकास गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरेको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाका प्रमुख विद्यासुन्दर शाक्यले दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले संयुक्तरूपमा उक्त कार्यको शिलान्यास गरेका हुन् । साझेदारी कार्यक्रमअन्तर्गत कामपाबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत एक करोड […]

नगर साझेदारी कार्यक्रम : दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

फागुन ३, काठमाडौं। काठमाडौंको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरिएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेशद्वारको मंगलवार मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सोहि अवसरमा महानगरकी उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) समेत सहभागी थिए।  दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ ओटा क्षेत्रमा काम हुँदैछ । नगर- नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको छ ।  खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।  शिलान्यासपछि बोल्दै शाक्यले जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताए । ‘काठमाडौं उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुका विचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ’, मेयर शाक्यले भने, ‘हामीले काठमाडौंका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ ओटा नगरसँग साझेदारी सहयोग गर्‍यौ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । विभिन्न ५ ओटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’ दक्षिणकाली नगरका मेयर बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ,’ उनले भने। सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राखिन । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’ दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको बताईन । ‘काठमाडौं महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग गर्‍यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ ।’ नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम शूरू भएको छ ।

काठमाडौं उपत्यकामा हत्याको ग्राफ उक्लँदो : आत्महत्या दुरुत्साहन दर पनि उस्तै

काठमाडौं : असार ७ गते दक्षिणकाली नगरपालिका वडा ७ स्थित दक्षिणकाली मन्दिर नजिकै मृत अवस्थामा भेटिइन् कालोपुल बस्ने २५ वर्षीय सन्तोषी सुब्बा। सन्तोषीको हत्या भएको खुलिसकेको छ। बलात्कार गर्न खोज्दा प्रतिकार गरेकी उनको हत्या भएको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमल्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुरेश…

दक्षिणकालीमा युवतीको विभत्स हत्या: हत्यारा खोज्दै प्रहरी

काठमाडौँ- दक्षिणकाली मन्दिर परिसरमा मंगलबार विभत्स अवस्थामा भेटिएको युवतीको कसले हत्या गर्‍यो भन्नेमा प्रहरीले अझै केही पत्ता लगाउन सकेको छैन। काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाले घटनाको अनुसन्धान गरिरहेका छन्। महाशाखाका प्रवक्ता कृष्ण पंगेनीका अनुसार २७ वर्षीया सन्तोषी सुब्बाको शव भेटिएको थियो। सन्तोषीलाई काभ्रेका धनबहादुर तामाङले सानैदेखि धर्मपुत्री बनाएर राखेका थिए। पछिल्लो समय […]

दक्षिणकाली मन्दिर परिसरमा सनराइजको क्यूआर कोड सेवा

१२ चैत, काठमाडौं । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ । मन्दिर परिसरको बजारमा बिहीबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्यूआर कोड सेवाको शुभारम्भ गरेका …

दक्षिणकाली मन्दिर परिसरमा क्युआर कोड भुक्तानी सेवा शुरु

१२ चैत, काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् । बिहीबार सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक […]