सरकारले आउँदो बुधबारसम्ममा झण्डै २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २३ अर्ब ८३ करोड रुपैयाँ उठाउन लागेको जनाएको छ । जसअनुसार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ७ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।