विराटनगर : नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले उपसभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार लिला राईलाई मत दिएकी छिन्। आज (शनिबार) उपसभामखुको निर्वाचनका लागि भएको प्रदेशसभा बैठकमा बोल्दै उनले उपसभामुखमा राईका लागि मत मागेकी हुन्।पूर्वपर्यटन मन्त्रीसमेत रहेकी लिम्बूले सत्तापक्षबाट सभामुख प्राप्त भएकाले उपसभामुखका लागि प्रतिपक्षलाई मत दिनुपर्नेमा जोड दिइन्। उनले सत्ता गठबन्धनमा रहेको फरक दलले नै बाँडेर उपसभामुख लिने हो भने एउटै दललले पद लिए बराबर हुने बत