गोरखा – यही वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका गोरखाका चार दलीय गठबन्धनलाई पालिकाको प्रमुख भागबन्डा टुङ्ग्याउन सकस परेको छ । गएको चैत २० गते जिल्ला संयन्त्र बनाएर निरन्तर छलफलमा रहेका चार दलीय गठबन्धनले कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न नसकेका हुन् । २०७४ सालको पालिका चुनावमा गोरखाका ११ पालिकामध्ये नेपाली कांग्रेसले ९ वटा पालिकाको प्रमुख जितेको थियो । अहिले पनि ती सबै पालिकाको प्रमुख आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ । सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रल...