धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला नगरपालिका–७ सुखजोर पुलनजिक सडकमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार ताप्लेजुङ फदिङमा गाउँपालिका बस्ने ४५ वर्षीय अमर लिङ्देन र मोटरसाइकल चालक पाँचथर हिल्याङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय सागर लिङ्देन रहेका छन्।ना३ख ५१८३ नम्बरको ट्रक र बागमती प्रदेश ०२–०२३ प ६२४० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। घाइतेमध्ये

सम्बन्धित सामग्री

भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो […]

बेलबारीमा मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा शुक्रवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–८ मा प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। सडकमा रोकेर राखिएको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक २९ वर्षीय […]

रुपन्देही र चितवनमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं : रुपन्देही र चितवनमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयामा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रामु लोधको मृत्यु भएको हो।गम्भीर घाइते भएका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ। रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएराति कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पैदलयात्री

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु :: Pahilopost.com

भरतपुरः चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार