सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा परेको हो । सरकार पूर्ण नभएका कारण प्रदेश सभा बैठकबारे अहिलेसम्म कुनै टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो । “सभामुख पनि संघीय राजधानीतिरै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म बैठकबारे कुनै टुङ्गो छैन । सरकारले पूर्णता नपाउँदासम्म यस्तै हो ।”