सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सरकारको मन्त्रीका व्यस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजे बोलाइएको थियो ।