काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ। ३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा