सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । शनिवार अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटले आर्थिक वर्ष २०७८÷७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विभिन्न क्षेत्रको विरोधका बाबजुद अर्थमन्त्री पौडेलले लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
सरकार पूर्ण रुपमा चुनावी सरकार भएको भन्दै लोकप्रिय बजेट ल्याउन नहुने भन्दै सरकारलाई सुझावहरू गएको थियो ।
के–के छन् लोकप्रिय कार्यक्रम ?
सरकारले बजेटमा...