साढे १ करोड लगानीमा कुखुरापालन

३२ साउन, बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्मा अहिले कृषि फार्म चलाइरहेका छन् । शर्माको फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार …

सम्बन्धित सामग्री

पौरखी किसान : वार्षिक १ करोड कमाइ

काठमाडौँ : गरे के हुँदैन। इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ। यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले।भनेजस्तो काम र कमाइ नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यति वेला भने आफैँ मालिक हुन्। इनरुवा–८ मा १३ बिघा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनी तेस्रो वर्षमा खेती गरिरहेका छन्।यसले उनलाई करोडपति बनाइसकेको छ। मौसमी खेती गर्दै आएका उनले यति वेला खेतमा काँक्रो र भन्टा फलाएका छन्। भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई

एक करोड लगानीमा बार सञ्चालन

सुनसरी– सुनसरीको धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी १ करोड ५० लाख रुपैयाँको लगानीमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।मानबहादुर, उत्तम कार्की, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्रबहादुर पाण्डे र तिलक पाण्डे मिलेर सो बार सञ्चालनमा ल्याएका हुन् । लाउञ्जमा ग्राहकले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरु, बार, क्याफे, मिटिङ, सेमिनार तथा […]

एक करोड लगानीमा सामुदायिक मार्ट सञ्चालन

चितवन । भरतपुर महानगरपालिका–१० हाकिमचोकमा एक करोड रुपैयाँको लगानीमा सामुदायिक मार्ट सञ्चालनमा ल्याइएको छ । नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्थाको लगानी र व्यवस्थापनमा यो मार्ट सञ्चालनमा ल्याइएको हो  । समुदायमा आधारित रहेर समुदायको हितमा सञ्चालित मार्टको औपचारिक उद्घाटन सोमवार हुँदै छ । संस्थाका सल्लाहकार संयोजक विनोद खण्ड तिमिल्सेनाले उपभोक्ता अझै पनि मूल्य र गुणस्तरमा ठगिएकाले यसको न्यूनीकरण र सहज तरिकाले उपभोग्य सामग्री विक्री गर्न मार्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । उक्त मार्टबाट गुणस्तरीय सामान उपलब्ध गराइने उनले बताए  । मार्टमा स्थानीय कृषि लगायत घरेलु उत्पादनलाई बढी प्राथमिकता दिई उपभोक्तामाझ पुर्‍याउने उद्देश्य रहेको तिमल्सिनाले बताए ।  ‘घरेलु उत्पादनको गुणस्तर मापन गरी स्थानीय कृषकले उत्पादन गरेका खाद्य सामग्री विक्री समेत गर्न सक्नेछन्,’ उनले भने । मार्टमा हाल दैनिक उपभोग्य सामानसहित १७ हजार प्रकारका सामान  राखिएको छ । उक्त मार्टबाट नारायणगढ, भरतपुर आसपासका ग्राहकलाई सहज हुनेछ । आगामी दिनमा संस्थाले अन्य कामलाई पनि अघि बढाइने संस्थाका अर्का अध्यक्ष दिव्यबाबु नेपालले बताए । ‘अब शिक्षा, स्वास्थ्य लगायतलाई कार्यक्षेत्र बनाएर अगाडि बढ्ने योजना छ,’ उनले भने । यस संस्थामा हालसम्म १ हजार १०० जना शेयर सदस्य छन् । संस्थामा १ करोड शेयरपूँजी जम्मा भइसकेको छ ।

मनकामना केबलकार २४ वर्षमा, ३५ करोड लगानीमा रिसोर्ट पनि खुल्दै

मनकामना केबलकार सञ्चालनमा आएको २४ औं वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ ।केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अगाडी आएको कम्पनीले बताएको छ । यही अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट  सञ्

१ करोड लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालन

सुनसरी । पछिल्लो समय इटहरीमा स्तरीय होटल रेस्टुराँ सञ्चालन हुने क्रम बढेको छ । नगरमा नयाँ नयाँ व्यवसायसँगै होटल क्षेत्रमा लगानी गर्नेहरू पनि बढेका हुन् । यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी–१७ लविपुरमा १ करोडको लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले शनिवार उक्त होटलको उद्घाटन गरेका छन् । आन्तरिक पर्यटकलाई नेपाली खानाको स्वाद चखाउन तथा चिकेनका पारखीहरूलाइ ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालक नगेन्द्रबहादुर राईले बताए । होटलका अन्य लगानीकर्तामा मच्छिन्द्र राई र राज नेहाङ रहेका छन् । होटलमा नेपाली मौलिक खानासँगै तन्दुरी परिकार उपलब्ध हुने सञ्चालक राईले बताए । होटल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पौडेलले इटहरीमा आन्तरिक पर्यटकलाइ सेवा प्रदान गर्न खोलिएका होटलकै कारण शहरको सान बढेको बताए । ‘कोरोना कहरबीच होटलहरू धराशयी बनिरहेको अवस्थामा करोडौं लगानीमा सञ्चालन गर्नु इटहरीका लागि गौरवको विषय हो,’ उनले भने । कार्यक्रममा होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमेशकुमार थापा, होटल व्यवसायी महासंघ प्रदेश नं १ का उपाध्यक्ष गोविन्द थापा, होटल तथा लज व्यवसायी समिति इटहरीका सचिव विनोद कार्की लगायतले उक्त होटल सञ्चालनले यस क्षेत्रमा लगानीका लागि सकारात्मक सन्देश दिएको बताएका थिए ।

व्यापार छाडेर १ करोड लगानीमा किवीखेती

सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशी बाढीले तातोपानी नाका ठप्प भएपछि नाका सम्बद्ध व्यापारीहरू अन्य पेशामा लागेका छन् । वर्षौंदेखि गर्दै आएको व्यवसाय संकट पर्न थालेपछि उनीहरूले आयआर्जनको वैकल्पिक पेशा अँगालेका हुन् । यस्तै एउटा उदाहरण हुन्– भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुनबहादुर सापकोटा । २०७२ को भूकम्प अघिसम्म सापकोटा तातोपानी नाकामा खासा व्यापार गरेर वार्षिक २० लाख कमाउँथे । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अरनिको रूटको अध्यक्षसमेत रहेका सापकोटा नेपाल ट्रक कन्टेनर संघमा आबद्ध ९६६ ओटा ट्रकमा काम गर्ने चालक, सहचालक र मजदूरको नेता पनि भए । २०५७ देखि २०७२ सालसम्म उनले खासाको व्यापार गरे । समयले कोल्टे फे¥यो । भूकम्प र भोटेकोशी बाढीले नाकादेखि बाह्रबिसेसम्म क्षति पुर्‍यायो । कोदारी सडकको अवस्था अहिले पनि उस्तै छ । तातोपानी नाका पटक पटक बन्द हुने समस्या देखिएपछि उनले विकल्पको रूपमा कृषि पेशा अपनाएका छन् । १ करोड ५ लाख लगानी गरेर सापकोटाले ३७ सय किवीका बिरुवा लगााएका छन् । गतवर्ष किवीबाट पाँच लाख आम्दानी भएको उनले सुनाए । ‘भर्खर फल्न शुरू भयो,’ उनले भने, ‘केही वर्षभित्र किवीबाट वार्षिक २५ लाख आम्दानी हुन्छ ।’ लिस्तीको सेमुङ र चतलीमा ३३० रोपनी जमीन भाडामा लिएर सापकोटाले किवीसँगै आलु तथा लसुनखेती र बाख्रापालन गरिरहेका छन् । उनले उन्नत जातका १०० बाख्रा पालेका छन् । ग्लोरियस एग्रो प्रालि नामक कम्पनी दर्ता गरेर सापकोटा कृषिकर्ममा जुटेका छन् । सापकोटाको किवीखेतीमा १० जनाले नियमित रोजगार पाएका छन् । आफूमात्रै होइन, उनले गाउँका १०० घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् । अहिले गाउँका १०० घर मिलेर ५०० रोपनी जमीनमा सामूहिक आलुखेती र १०० रोपनीमा लसुनखेती गरिएको छ । यस वर्ष सामूहिक खेतीमा ५० लाखको आलु र १० लाखको लसुन उत्पादन भएको छ । २३ सय ४० मिटर उचाइमा रहेको लेकाली जमीन छेउमा पानी भए पनि सरकारका कुनै निकायले सहयोग नगर्दा सिँचाइ सुविधा नपुगेको उनको गुनासो छ । ‘हामीजस्ता कृषि पेशामा लाग्नेहरूलाई काम गर्ने वातावरण अझै बन्न सकेको छैन,’ सापकोटा भन्छन्, ‘जिल्ला र गाउँपालिकामा रहेका कृषि कार्यालयले वास्तविक किसानलाई सहयोग गरेका छैनन् ।’ भैरवकुण्डमुनि रहेको सेमुङ र चतलीमा १ हजार रोपनी जमीन बाँझै छ । स्थानीय सरकारले आधुनिक कृषि पेशामा लाग्ने किसानलाई सहयोग गर्न नसकेको सापकोटाले बताए । गाउँपालिका र कृषि कार्यालयहरूले सहयोग गरे लिस्तीलाई किवी, आलु र स्याउको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सापकोटाले बताउँछन् । कोदारी सडकको डाक्लाङ क्षेत्रबाट सेमुङ र चतली जाने बाटो पहिरोले बन्द भएकाले उत्पादित आलु र लसुन विक्री गर्न नपाएको सापकोटाले बताए । लेकाली भूमिमा फलेको स्वादिलो र कमलो आलुको माग जिल्लाकै बजार क्षेत्रमा बढी छ । तर, बाटो बन्द हुँदा किसानले आलुलाई बजारसम्म ढुवानी गर्न पाएका छैनन् । बस्तीमाथि छगाम र बगाममा रहेका ३०० आनीले आधाजति आलु किनेर लगेको र आधा परिमाणको आलु  विक्री हुन नसकेको गुनासो उनले गरे । ‘उत्पादन भएको कृषि उपज स्थानीय सरकारले विक्री वितरणको व्यवस्था मिलाउने हो भने युवाहरू कृषि पेशामा आकर्षित हुन्छन्,’ सापकोटा भन्छन्, ‘युवालाई पलायन हुनबाट जोगाउन पनि स्थानीय सरकारले नीति तया योजना बनाउन जरुरी छ ।’

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

चितवन, साउन २२ । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख […]

मझगाउँ विमानस्थलका लागि भीमदत्तद्वारा १ करोड जम्मा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि १ करोड रुपैयाँ जुटाएको छ । विमानस्थल सञ्चालनमा ल्याउने सम्बन्धमा भएको त्रिपक्षीय समझदारी अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको खातामा १ करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले बताएको छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले सम्झौता बमोजिम नगरपालिकाको तर्फबाट बेहोर्नुपर्ने रकममध्ये पहिलो चरणमा एक करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरिएको जानकारी दिए । उनका अनुसार बाँकी रकम असोजसम्ममा जम्मा गरिनेछ । विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो । गत फागुनमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाबीच विमानस्थल निर्माणका लागि सम्झौता भएको हो । ९ बुँदे सम्झौतापत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत लागत बेहोर्नुपर्ने उल्लेख छ । ४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थलको धावनमार्ग ३७ करोड लागतमा कालोपत्र गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह (भीमदत्त र दोधारा चाँदनी नगरपालिका)ले समझदारी गरेका हुन् । स्तरोन्नतिपछि विमानस्थलको धावनमार्ग १६ सय मिटर लामो हुनेछ, जसबाट साना आकारका विमान सहजै उडान तथा अवतरण गर्न सकिने उल्लेख छ । भीमदत्त नगरपालिकाका प्रमुख विष्टले विमानस्थल पुनः सञ्चालनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने काम र पहलमा कुनै कसर बाँकी नराखिने बताए । ‘यस क्षेत्रको आर्थिक विकास र समृद्धिसँग जोडिएको उक्त विमानस्थल सञ्चालनका लागि नगरपालिकाले वहन गर्नुपर्ने दायित्वबाट पछि हट्दैनौं,’ उनले भने । साथै उनले संघ र प्रदेश सरकारलाई सम्झौता अनुसार विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरे ।

एक करोड लगानीमा दाङमा व्यावसायिक पाडापालन

दाङ । दाङको घोराहीमा व्यावसायिक रूपमा पाडापालन शुरू गरिएको छ । ‘अम्बिकेश्वरी कृषि तथा पशु पालन फार्म’ स्थापना गरेर स्थानीय माधव ढकाल, केशव बेलबासे र भोला बेलबासेले करीब रू. १ करोड लगानीमा व्यवसायिक पाडापालन शुरू गरेका हुन् । घोराही उपमहानगरपालिका–१८ कटुवाखोला किनारामा शुरू गरिएको फार्ममा हाल ४१ पाडाहरू छन् । व्यावसायिक रूपमा पाडापालन गर्न करीब रू. ७० लाख लगानीमा भौतिक संरचना निर्माण गरिएको छ । पाडा राख्ने पक्की संरचना, पानी पोखरी, घाँस/पराल राख्ने स्थान ठूलो संरचना बनाइएको छ । ‘शुरूमा ५० लाखजतिको लगानीमा भवन निर्माण गर्ने योजना बनाएका थियौं,’ सञ्चालकमध्येका केशव बेलबासेले भने, ‘भौतिक संरचना निर्माण गर्दागर्दै ७० लाख जति लागिसक्यो ।’ उनका अनुसार भैंसी, पाडा र घाँस पराल खरीदका लागि रू. ३० लाख खर्च भएको छ । शुरूमा माऊ भैंसी राखेर केही समय दूध उत्पादन पनि शुरू गरिएको थियो । पाडा हुर्केपछि अहिले तीनओटा मात्रै माऊ भैंसी राखिएको छ भने ४१ ओटा पाडापाडी छन् । भारतीय सीमावर्ती क्षेत्रबाट मासुका लागि पनि ठूलो संख्यामा भैंसीहरू भित्रने गरेकाले त्यसको आपूर्ति जिल्लामै गर्ने उद्देश्यले व्यावसायिक रूपमा पाडापालन गरिएको फार्म सञ्चालकहरू बताउँछन् । पालिएका पाडाहरू मासुका लागि योग्य भएपछि र पाडी हुर्केर दूध दिने भैंसीको रूपमा विकास भएपछि विक्री गरिने अर्का सञ्चालक माधव ढकालले बताए । हाल ४१ ओटा पाडापाडी भए पनि निकट भविष्यमा २०० ओटा पु¥याउने लक्ष्य रहेको उनले सुनाए । करीब दुई बिघा क्षेत्रफलमा व्यवसाय शुरू गरेकाले भैंसी तथा पाडापालनका लागि घाँसको समस्या नहुने उनको भनाइ छ । पछिल्लो समय जिल्लालाई मासु र दुध उत्पादनमा आत्मनिर्भर बनाउन यस्ता व्यवसाय सञ्चालन हुँदै आएको, तर यति ठूलो लगानीमा व्यावसायिक पाडापालन जिल्लाकै नमूना भएको जिल्ला उद्योग वाणिज्य संघ दाङका उपाध्यक्ष रामप्रसाद पोख्रेलले बताए । ‘जिल्लामा मासुकै लागि पनि भारतबाट ठूलो संख्यामा भैंसी भित्रने गर्दछन्,’ उनले भने, ‘यसलाई विस्थापन गर्न र जिल्लालाई मासु तथा दूध उत्पादनमा आत्मनिर्भर बनाउन यसले सहयोग पुग्नेछ ।’ यस्ता फार्मलाई राज्यको तर्फबाट पनि सहयोगको खाँचो रहेको उनको भनाइ छ ।

बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली उत्पादन सुरु

बझाङको थलारा गाउँपालिकामा हावाबाट २४ किलोवाट विद्युत् निकालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १ करोड २४ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत् निकालेका हो